आज:  | Thu, 13, Mar, 2025

आज माघ शुक्ल पूर्णिमा,श्रीस्वस्थानी व्रत समापन गर्ने दिन

३० माघ २०८१, बुधबार ०८:४६ मा प्रकाशित ( ४ हफ्ता अघि) १९२३ पटक पढिएको
नारी बाटिका


बिबियु

धादिङ ३० माघ ।

माघ शुक्ल पूर्णिमा आज श्रीस्वस्थानी महिमाको १ महिनाको व्रत पुजाविधीको समापन गर्ने दिन। श्रदालु भत्तजनले पौषसुक्ल पुर्णिमाका दिनदेखी ब्रत प्रारम्भ गरी एक महिनासम्म चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली पञ्चाङ्गका अनुसार आज ३०।५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि रहन्छ।

नेपाली सनातन धर्मालम्वीहरुले हरेक वर्ष पौष शुक्ल पूर्णिमाबाट यो शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी देवीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप(कलश(गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा(आरधाना गरिन्छ।

​यस एक महिनाभरको अवधीमा व्रत नबस्नेले पनि माघ शुक्ल पूर्णिमाका एक दिन विधिपूर्वक स्वस्थानीको व्रतपूजा गरी।​ देवादिदेव महादेवसहित श्रीस्वस्थानीको पूजा(आराधना गरी अर्घ्य दिनाले दुख,पिडाको नास वभई मनोकांक्षा पूरा हुने विश्वास रही आएकोछ ।

आज ब्रतको अन्तिम दिन समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसम अनुसारका फलफूल एवं बत्ती १०८ का दरले चढाउने गरिन्छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फलसमेत आफ्ना श्रीमान्, छोरा वा छोरीलाई दिने,छोरा नभए मित छोरालाई,मित छोरा पनि नभए गंगामा लगी वहाउनु भन्ने यस ब्रतको विधी अनुरुप गरी १०० रोटी व्रतालुले खाने गरिन्छ।

सत्ययुगमा महादेव पति पाउनका निमित्त हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको सल्लाहमा श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख रहेको छ।

साथै यस एक महिनाको अवधीमा माघस्नान र श्रीस्थानीय तीर्थस्थल तथा शिवालय मठमन्दिरमा मेला(पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ। भक्तपुरको हनुमानघाट र काठमाडौंको साँखुस्थित शालीनदीमा लागेको माधवनारायण मेला आजै सम्पन्न हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस