आज:  | Wed, 12, Mar, 2025

सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन तयारीमा छौँ मन्त्री पौडेल

२४ माघ २०८१, बिहीबार ०७:१३ मा प्रकाशित ( १ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


कास्की- २४ माघ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा सक्रिया रहेकोे बताउनु भएको छ।

वुधबार पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा पाठेघरको मुखमा हुने क्यान्सरविरूद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन लागिएको बताउनु भएको हो।

स्वास्थ्य मन्त्री पौडेलले भन्नु भयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा लागिपरेको छ। बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्ने वर्गलाई निःशुल्क उपचार गर्ने व्यवस्था बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ।”

उहाँले नेपालमा पाठेघरको क्यान्सरबाट वर्षेनी कयौं महिलाले ज्यान गुमाइरहेको अवस्था छ । अहिलेका किशोरीहरूलाई खोप उपलव्ध गराएर अबदेखि कुनै महिलाले क्यान्सर कै कारण अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान संन्चालन गरिएको स्पष्ट पार्नु भयो।

यस्तै क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार गर्न नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको जानकारी दिनु भयो।यस चरणको एचपिभी खोप अभियानमा पोखरा महानरपालिका क्षेत्रमा मात्रै करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने योजना रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस