आज:  | Wed, 05, Feb, 2025

रविलाई हिरासतमा राख्न चितवन जिल्ला अदालतको आदेश

२३ माघ २०८१, बुधबार १९:३६ मा प्रकाशित ( ३ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


चितवन २३ माघ ।

सहकारी ठगी प्रकरणमा फेरी चितवनमा पनि मुद्धा दर्ता भएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बुधबार चितवन जिल्ला अदालतले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएको हो ।

भोलि बिहान १० बजे उनलाई अदालतमा उपस्थित गराउने गरी आज प्रहरीको हिरासतमा राख्न आदेश दिएको छ। जाहेरवाला र प्रतिवालीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि अदालतमा उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।

चितवनस्थित साहारा सहकारी संस्थाको बचत रकम ठगी गरेको आरापमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु भएको छ ।

सहारा सहकारी संस्थाका बचतकर्ता(पीडित)भनिएकाको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए । अन्य वकिलको बहस भोलि अदालत खुलेपछि सुरु हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस