आज:  | Wed, 05, Feb, 2025

२४ घण्टाको मौसम: बागमतीसहित यी पाँच प्रदेशमा हिमपातको सम्भावना

२३ माघ २०८१, बुधबार ०७:२४ मा प्रकाशित ( ५ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ माघ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार तराईका केही भागमा हुस्सु लागिरहेको छ।

वुधबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले जनाए अनुसार आज काठमाडौं उपत्यकामा आंशिक बदली हुनेछ भने राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै आगामी २४ घण्टाको मौसममा, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा वुधबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस