आज:  | Wed, 12, Mar, 2025

आजदेखि देशभर १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप लगाईँदै

२२ माघ २०८१, मंगलवार ०७:१५ मा प्रकाशित ( १ महिना अघि) २६९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ माघ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ। विशेषगरी विद्यालयस्तरमा केन्द्रित गरी यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुन लागिएको हो।

पछिल्लो समयमा नेपाली महिलाहरूमा हुने क्यान्सरमध्ये सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरको जोखिमबाट बचाउने उद्देश्यले सरकारले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइने भएको छ।

एकै पटकमा देशैभरमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई खोप दिन लागिएको हो। देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिन लागिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।

‘प्रवत्ता बुढाथोकीले भने’, हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ। सफल परीक्षण भइसकेको छ। अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन्’,, ‘दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने उद्देश्य छ।’

यस खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए।

यस खोप अभियानका लागी देशैभरमा ५४ हजार १६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ सुपरीवेक्षक संलग्न हुने बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस