आज:  | Mon, 03, Feb, 2025

सरकार ढल्ने प्रचारबाजीमा माओवादी, प्रतिवादमा एमालेसंग दोहोरी

२१ माघ २०८१, सोमबार १८:०९ मा प्रकाशित ( ३ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ माघ ।

पछिल्लो समयमा सरकार ढल्ने प्रचारबाजीमा माओवादी लागेकोले प्रतिवादमा एमालेसंग दोहोरी चलेको अवस्था छ ।

सोही प्रतिवादमा प्रधानमन्त्री एव्ं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को हिउँदे अधिवेशनको पहिलो बैठके सम्बोधनमा ‘भन्नु भयो यो सरकार अहिल्यै ढल्दैन ।’

यसैगरी अघिल्लो दिन पनि एमाले संसदीय दलको बैठकमा समेत उहाँले आफ्नो पार्टीका सांसदलाई ‘सरकार ढल्दैन भनेर आश्वस्त तुल्याउनु भएको थियो ।

तर यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले भने ‘यो सरकार ढलिहाल्छ ।’ प्रचण्डले केही दिनअघि अभिव्यक्ती दिएका थिए, ‘यो सरकार हामी हिँड्दाहिँड्दै ढल्छ ।’ यस्तै यस्तै अभिव्यक्ती दिम्दै केही दिनदेखी प्रमुख सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीचमा दोहोरी निरन्तर चलिरहेको छ ।

यसै माघ १८ मा हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार ढल्दैन भन्दै प्रधानमन्त्री ओलीले प्रतिवाद गरिरहनु भएको छ। सोमबार अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष पौडेलले पनि शक्ति नभएकाहरूले सरकारको आयुबारे टिप्पणी गर्दै हिँडेको भनेर प्रतिवाद गर्नु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले भने कहिले विपक्षी दलको बैठक राखेर त कहिले सरकार आफैँ ढल्ने प्रचारबाजी गर्दै हिड्नु भएको छ ।यद्यपी उनी माओवादीलाई सत्तामा जान हतारो नरहेको बताउनु हुन्छ । सरकारको आयुबारे टिप्पणी पनि गरी रहनु भएको छ । प्रचण्डले सिंहदरबारमा विपक्षी दलको माघ ४ मा बैठक राखेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

यसैगरी माघ १४ मा तेह्रथुमको कार्यक्रमा पनि प्रचण्डले यो सरकार आफैँ ढल्ने अभिव्यक्ति दिनु भएको हो । ‘कसैले केही नगरेपनि यो सकार आफैँ ढल्छ । हामीले ढाल्नै पर्दैन । हामी हिँड्दाहिँड्दै ढल्छ,’ उहाँको अभिव्यक्ति थियो ।

गत साता बसेको संसदीय दलको बैठकमा ओलीले प्रचण्डले हरेक दिन र महिना सरकार ढल्छ भनेर टिप्पणी गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । प्रधानमन्त्री वलीले भन्नु भयो ‘दिनैपिच्छे यो सरकार ढल्छ भनेको छ । भाका सारेको छ । भोलि ढलेन पर्सि भनेको छ । पर्सि भएन अर्को हप्ता भनेको छ । यो महिना ढलेन अर्को महिना सारेको छ ।

यस्गरी प्रम.वलीको टिप्पणी थियो दसैँमा ढलेन मङ्सिर भनेको छ,’ प्रचण्डको भनाइमा आक्रोशित हुँदै उहाँले भनेका थिए’ ‘०८४ मङ्सिरमा सरकार ढल्छ । त्यो भन्दाअघि सरकारमाथिको रिस मात्रै हो ।’ १८ माघमा बसेको संसद् बैठकमा पनि ओलीले सरकारको आयुबारे अनावश्यक प्रचारबाजी नगर्न चेतावनी दिनु भयो ।

एउटा भाइरल गीत ‘म त ढलेँ ढलेँ ‘’ को विषय उप्काएर राजनीतिक मञ्चमा यस्तो नसुहाउने टिप्पणी गर्दै ओलीले दिन रात सरकार ढल्ने प्रचारबाजीले कसैको हित नहुने बताउनु भएको थियो। उहाँले भन्नु भयो आजै ढल्यो, भरे ढल्यो भनिँदै छ, ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला ।

तर राजनीतिक मञ्चमा उचित हुदैन र सुहाउँदैन, पनि ? ’ ओलीको भनाइ थियो, ‘०८४ सम्म सरकार टसमस गर्नेवाला छैन । दिनरात यस्ता हल्ला गरेर तीन वर्ष बिताउनु जनता र देशका लागि के फाइदा ?’ त्यसपछि आज पनि रुपन्देहीमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पनि त्यसको प्रतिवाद गर्नु भएको छ । शक्ति नभएकाहरूले सरकार ढल्ने प्रचारबाजी गरिरहेको टिप्पणी उनको छ । ‘

पछिल्ला दिनमा सरकार ढल्छ भन्ने अभिव्यक्ति कम सुनिन थालेको छ, ‘प्रचण्डलाइ लक्षित गर्दै उनले प्रश्न गरे, ‘जसको सरकार ढाल्ने शक्ति हुँदैन । उसले सरकार ढल्छ भन्दै हिँड्ने ?’ पौडेलले भन्नु भयो काङ्ग्रेस(एमालेले निकै अप्ठेरो परिस्थतिमा सरकारको जिम्मेवारी लिएको भन्दै वर्तमान सरकारले मुलुकलाई स्थिरतातर्फ अग्रसर गराउने उनले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस