आज:  | Sun, 02, Feb, 2025

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

२० माघ २०८१, आईतवार ०७:४१ मा प्रकाशित ( ३ घण्टा अघि) २१४० पटक पढिएको
नारी बाटिका


भारतको प्रयागराजमा जारी कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा परी एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ ।उत्त जिप बिहारको मुजफ्फरपुर नजिकै राजमार्गमा शनिवार साँझ बिआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरी मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाको परिवारका पाँचजनाले ज्यान गुमाएका हुन् ।
सो घटना बारे भारतीय मिडियाका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिपचालक छन् । चालकको पहिचान नखुले पनि उनी सिराहाको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाइकलचालकलाई बचाउने प्रयासमा जिप आफै अनियन्त्रित भई पल्टेको थियो ।
सिराहास्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत झासहित दुर्घटनामा चारजना घाइते भएका छन् ।

दुर्घटनामा परी मनोहर, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एकजना नाम नखुलेका व्यक्ति गम्भीर घाइते भएका छन् । अहिले घाइतेको मुजफ्फरपुरस्थित एसकेएमसिएच (श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल)मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उत्त जिपमा सवार तथा घाइते हरुले बताए अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किँदै थिए ।

प्रहरीले घटनाको जानकारी पाएलगत्तै महोत्तरी प्रहरीले उद्धारका लागि पहल गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस