आज:  | Sat, 01, Feb, 2025

सहकारीमैत्री ऐन बनाउन राष्ट्रिय विचार गोष्ठी

१९ माघ २०८१, शनिबार १९:५३ मा प्रकाशित ( ३ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


काठमाडौं  १९ माघ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन निर्माण गर्न लागिएको बताउनु भएकोव छ ।

सहकारीमैंत्री ऐन बनाउन नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नै सरकारले नयाँ अध्यादेश ल्याएको स्पष्ट पार्नु भएको छ ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उहांले सहकारीकै कारण गरिबी निवारण र सशक्तीकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताउनु भयो।

सहकारीकै कारण गरिबी निवारण, सशक्तीकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ। सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ।’

उहांले यसको साथै संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, निजी र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताउनु भयो ।
उहांले कांग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा विस्तार गर्न लागेको उहांको भनाई छ।

यसैगरी काङ्ग्रेसको सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पुर्णवहादुर खड्का,नेता वालकृष्ण खांड,कांग्रेसका कोषाध्यक्ष,नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, सातै प्रदेशका सहकारी क्षेत्रका विज्ञहरु लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस