आज:  | Sat, 01, Feb, 2025

सरकारको मेन्युमा पार्टी टुक्र्याउने खुद्रे कुरा छैन – प्रम ओली

१८ माघ २०८१, शुक्रबार १५:१७ मा प्रकाशित ( १ दिन अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकतामा पार्टी टुक्र्याउने खुद्रे कुरा नरहेको बताउनु भएको छ ।

शुक्रबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठकलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आजबाट संन्चालन भएको संसद् अधिवेशनको पहिलो दिनमै रारुवपा नेकपा माओवादी पार्टी लगायतका प्रतिपक्ष दलले सरकारप्रति आक्रोस पोख्न थालेपछी प्रधानमन्त्री वलीले जवाफी यस्तो बताउनु भएको थियो ।

व्यांग्यात्मक हिसावले प्रम वलीले भन्नु भयो, पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेन्युमा परेको छैन । ढुक्क हुनुहोस् । काङ्ग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन,’ ।

यसैगरी प्रम वलीले भन्नु भयो सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो ।

उहाँले भन्नु भयो पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस