वासिङटन १७ माघ ।
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भई कार्यभार समालेका अमेरिकन राष्ट्रपति ट्रम्पको प्रशासनले गैह्र कानुनी रुपमा बसेका आप्रबासीलाई ुधमाधम पक्राउ गर्न थालेको छ । अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा बसोबास गर्ने आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्।
आप्रवासीहरुप्रति ट्रम प्रशासनले गरेको कडाईपछी कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल समेत पठाउन बन्द गरेका छन्। वाइट हाउसले भने अपराधीलाई पक्राउ गर्ने प्राथमिकता रहेको बताए पनि अमेरिकामा बसेका आप्रवासीहरूले सुरक्षित महसुस गरेका छैनन्।
यसैगरी ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि पछिल्लो तीन दिनमा ३ हजार ५ सय गैरकानूनी आप्रवासी पक्राउ परेका हुन्। आइतवार बीबीसीले अमेरिकी गृह मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ(१ हजार १७९ जना‚ सोमवार ९६९ जना र मंगलवार १ हजारभन्दा बढी आप्रवासीहरु पक्राउ परेका छन्।
सन् २०२४ मा बाइडन सरकारले ३१० जनालाई मात्रै पक्राउ गरेको थियो। गृहका अधिकारीले यो पक्राउलाई ुलक्षित अभियानु बताएका छन्‚ जसमा उनीहरूले हिंस्रक गिरोहका सदस्य र खतरनाक संदिग्धलाई पक्राउ गर्ने अभियान रहेको बताएका छन्।
त्यसैगरी वाइट हाउसले गिरफ्तार गर्न चाहेका व्यक्तिका बारेमा केही सूचना सार्वजनिक गरेको छ। सूचनामा सन्दिग्धका तस्वीर‚मूल देश र अपराधको विवरण दिइएको छ। यौन अपराध, आक्रमण र लागुपदार्थ कारोबारमा जोडिएका व्यक्तिलाई बढी लक्षित गरिएको बताएको छ। वाइट हाउसले यो अभियानमा पक्राउ परेका गैरकानूनी आप्रवासी अपराधी होस् वा नहओस् उसलाई देशनिकाला नै गरिने स्पष्ट पारेको छ।
यसअघि अन्य देशको तुलनामा गैरकानूनी रूपमा अमेरिकामा बस्नुलाई सामान्य ठान्ने गरिन्थ्यो । तरपनि उनीहरू अपराधी नै भएको वाइट हाउसकी सञ्चारसचिव क्यारोलिन लेभिटले बताइन्। उनले भनिन्, ‘तिनीहरूले हाम्रो देशको कानून उल्लंघन गरेका छन्। त्यसैले उनीहरू हाम्रा लागि अपराधी हुन्।’ यो गिरफ्तारीले अमेरिकाभर कैयौँ आप्रवासी समुदाय भयभीत छन्।
अमिका सेन्टर फर इमिग्रेन्ट राइट्सका कार्यकारी निर्देशक माइकल लुकेन्सले भने‚ ‘मान्छेहरू काममा जान छोडेका छन्‚ छोराछोरीलाई स्कूल पठाउन डराएका छन्। वाइट हाउसले मान्छेमा डर पैदा गरी उनीहरूलाई अमेरिकाबाट निकाला गर्न चाहेको अवस्था छ।’
यस्तै २० वर्षअघि देखी अमेरिकामा बस्दै आएकी बोलिभियाली आप्रवासी गाब्रिएला भन्छिन्‚ ‘मेरो छिमेकमा बस्ने कैयौँ व्यक्तिहरू डराएका छन्। म बस्ने भवनकै कैयौँ अभिभावकले आफ्ना सन्तानलाई स्कूल पठाउन छोडिसके। अब चर्च जान पनि छोडिसके।’ गाब्रिएलाले आफूले पनि झोला तयारी अवस्थामा राखेको बताइन्। उनले भनिन् पक्राउ र देशनिकाला गरे पनि बोलिभिया पठाउँदा केही असर नपरोस् भन्ने अवस्थामा रहेको उनको भनाइ छ।
न्यूयोर्क शहरमा बसोवास गर्दै आएका मेक्सिकोका नागरिक कार्लोसका छोरा न्यूयोर्कमा जन्मिएका अमेरिकी नागरिक हुन्। तैपनि हालको ट्रम प्रशासनले देशनिकाला गर्छकी भन्ने उनमा सन्त्रास छाएको छ। यदपी उनले अपराधीलाई समात्दा आफूले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए। उनी भन्छन् ‘अपराधी बाहेकका व्यक्तिलाई पनि पक्राउ गरेर निकाला गर्न थालेका छन्।’
प्रतिक्रिया दिनुहोस