आज:  | Thu, 30, Jan, 2025

बिरामी बोकेको गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु

१७ माघ २०८१, बिहीबार १६:०१ मा प्रकाशित ( ११ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


ओखलढुङ्गा १७ माघ ।

मानेभञ्ज्याङमा बिरामी बोकेको गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण लोक मार्गमा पर्ने ओखलढुङ्गाको गाउँपालिका ७ भँडारे खोलामा आज बिहान सुमो गाडी दुर्घटना हुँदा घटनास्थलमै तिनजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका(३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल(रुपाकोट(मझुवागढी नगरपालिका १२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।

बिहिबार विहान खोटाङबाट बिरामी बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन्। निजले बिरामीलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर जाँदै गर्दा उक्त सुमो गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो।

सुनसरीको इनरुवा नगरपालिका २ घर भएका २२ वर्षीय सुमो चालक अनिल पण्डित फरार भएका छन्। सुमोमा चालकसहित चार जना सवार रहेको पहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस