आज:  | Thu, 30, Jan, 2025

आगमी चैतमा समाजवादी मोर्चाले राजधानीमा बृहत् आमसभा गर्ने

१७ माघ २०८१, बिहीबार ०७:४३ मा प्रकाशित ( १५ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ माघ ।

गठवन्धित समाजवादी मोर्चाले आगमी चैत २४ मा काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय भएको छ ।

नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बुधवार बसेको मोर्चाको संयोजन समितिको दशौं बैठकले काठमाडौंमा विशाल आमसभा गर्ने निर्णय गरेको हो ।

नेकपा एसको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले काठमाडौंमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपा एसका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए ।

नेकपा एसका प्रवक्ता विश्वकर्माका अनुसार( बैठकले सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको छ । यस्तै चैतको पहिलो साता मधेश प्रदेशमा हुने सभाको व्यवस्थापको जिम्मेवारी नेसपालाई दिने निर्णय भएको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस