आज:  | Thu, 30, Jan, 2025

समाजवादी मोर्चाको साझा धारणा बनाउन अहिले बैठक जारी

१६ माघ २०८१, बुधबार १६:४२ मा प्रकाशित ( १ दिन अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ माघ ।

माघ १८ देखी हुने संसदीय हिंउँद ेअधिवेशनको तयारीका लागी समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ। नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा भएको बैठकमा नव गठित मोर्चामा आबद्ध सबै दलका प्रमुख नेता सहभागी भएका छन्।

जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द ‘विप्लव’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन्।

केही समयअघि प्रचण्ड सरकारबाट बाहिरिएपछी विगतमा गठित यस मोर्चा फेरि सक्रिय बनेको छ। मंगलबार काठमाडौंमा मोर्चाले वृहत् अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो। बैठकमा मोर्चाको समान धारणा बनाउन र पछिल्लो समसामयिक राजनीतिक अवस्थामाथि छलफल केन्द्रित रहेको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस