आज:  | Thu, 30, Jan, 2025

वृद्धले ओढेको कम्बल सल्किएर आगलागी हुँदा ७५ वर्षीयाको डढेर मृत्यु

१६ माघ २०८१, बुधबार १५:३८ मा प्रकाशित ( १ दिन अघि) १३०३ पटक पढिएको
नारी बाटिका


डोल्पा १६ माघ ।

डोल्पाको एक घरमा आगलागी हुँदा ७५ वर्षीया बादी सार्कीको सुतेको अवस्थामा मृत्यु भएको छ।

मुड्केचुला–४ को इल गाउँस्थित मा आज बिहान आगलागी हुंदा वृद्धावस्था र शारीरिक अशक्तताका कारण घरभित्र चुलो नजिक सुतिरहेका अवस्थामा ओढेको कम्बल सल्किएर आगलागी भई सार्कीको निधन भएको हो।

मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले दिएको जानकारी अनुसार आगलागीबाट सार्कीको कच्ची दुईतले घर पूर्णरूपमा क्षति भएको छ। मृतक सार्कीका ज्वाइँ र छोरी खेतमा गएका वेला घरमा आगलागी भएको थियो।

आगलागी भएपछि इलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधि लगायतले गोठमा भएका पशुचौपायाको उद्धार गरेको स्थानीयले बताए । उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ। अहिले क्षतिको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस