आज:  | Thu, 30, Jan, 2025

बल्ल प्रहरी विधेयक संसदमा पुग्यो, यस्तो छ पेन्सनसम्बन्धी प्रावधान

१६ माघ २०८१, बुधबार ०७:४४ मा प्रकाशित ( १ दिन अघि) २२०२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १६ माघ।

निकै लामो समयदेखि थन्किएर बसेको प्रहरी विधेयक अन्ततः बल्ल संसदमा पुगेको छ।

१६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक मंगलबार गृह मन्त्रालयले संसदमा दर्ताका लागि पेश गरेको हो । उक्त प्रहरी विधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनको व्यवस्था हुनुपर्ने माग राखिएको विषय यस प्रावधानमा समेटिएका छन् ।

यस विधेयकको दफा ५७(ग) मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्षसम्म सेवा गरेको अवधिपछी जागिरबाट बाहिरिन चाहेमा पेन्सन पाउने उल्लेख गरिएको छ ।

प्रहरीमा रहेर सेवा गरेको १६ वर्ष अवधि पुरा भएपछी जागिर छोडेपनि तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्रै पेन्सर दिने उल्लेख गरिएको छ । निकै समयदेखी प्रहरी कर्मचारीले यस्तो प्रावधान लागु गर्नका लागि सरकार समक्ष माग गर्दै आएका थिए ।

यद्यपी विधेयक संसदबाट पास भएपछि मात्र यो व्यवस्था कार्यान्वायनमा आउने छ । साथै संसद्बाट सोही बमोजिम पास भएपछी पनि कार्यन्वयनका लागि केही महिना लाग्न सक्ने एक स्रोतले बताएको छ । विधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेर हद ६० वर्ष बनाउने माग बमोजिम उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस