आज:  | Wed, 29, Jan, 2025

नारी विकास तथा नारी केन्द्र द्वारा श्रीस्वस्थानी ब्रत समयमा तिर्थ यात्रा

१४ माघ २०८१, सोमबार १७:३१ मा प्रकाशित ( १ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका



बिबियु

धादिङ, १४ माघ ।

पौष शुल्क पुर्णिमादेखी सुरु भएको श्रीस्वस्थानी माताको ब्रत अवधिको अवसर पारेर नारी जागरण तथा नारी विकास सहकारी संस्थाको सयुक्त आयोजनामा तिर्थस्थलको दर्शन गराएको छ ।

हरेक वर्ष संस्थामा आवद्ध अभिभावक जेष्ठ नागरिक तथा भक्त सदस्यहरुलाई तिर्थ भ्रमण तथा दर्शन गराउँदै आईरहेको केन्द्रले यस वर्षमा पनि  शालीनदी,गुज्यश्वरी,पशुपतिनाथ लगायतको महत्वपुर्ण धार्मिक स्थलको पुजाआजा तथा दर्शन गराएको हो ।

हिन्दूहरुको पवित्र तीर्थस्थल १ महिनासम्म विभिवत रुपमा चोखो खाएर प्रत्येक दिन कथा वाचन गर्ने श्री स्वस्थानी तथा माधव नारायणको ब्रतको अवधि पारेर संस्था अन्तर्रगत समुह, जेष्ठ नागरिक,सदस्य तथा कर्मचारीलाई सहभागी गराई नारी जागरण केन्द्र र नारी बिकास सहकारी संस्थाको संयुक्त आयोजनामा,पवित्र तिर्थ स्थल पशुपतिनाथ लगायतका मन्दिरहरुको दर्शका लागी भ्रमण गराएको हो । यस अवधिमा शाली नदीमा स्नान् गर्न विदेशीसहित देशैभरबाट लाखौ संख्यामा भक्तजन आउने गर्दछन् । यस अवधिमा शाली नदी तथा सतीदेवीको पिठ उत्पति भएको सयौं पिठहरु मध्यको १ पिठको मात्रै दर्शन गर्न सकेमा पनि मानिसलाई पुर्णे मिल्ने धार्मिक विस्वास अनुसार सो कार्यक्रमको आयोजना गर्ने गरिएको आयोजक संस्था नारी जागरण केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस