आज:  | Mon, 27, Jan, 2025

पछिल्लो मौसम बदली अनुसार काठमाडौं लगायत आज तराईमा बाक्लो हुस्सु

१४ माघ २०८१, सोमबार ०७:५४ मा प्रकाशित ( १४ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ माघ ।

पछिल्लो मौसम अदली बदली भैरहेको छ भने आज तराईका धेरै भूभागमा विहानैदेखी बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसारआज काठमाडौं उपत्यकाका कतिपय स्थानमा पनि हुस्सु र कुहिरो लागेको छ।

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ। महाशाखाका अनुसार शोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा काठमाडौंमा पनि बदली हुने जनाएको छ।

आज काठमाडौं उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो पख अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने जनाएको छ।

महाशाखाले हुस्सु(कुहिरो र चिसोका कारण मानवस्वास्थ्य, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि भनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस