आज:  | Mon, 27, Jan, 2025

रविमाथि हालसम्म तिन अदालतबाट धरौटीमा रिहा गर्ने प्रकृयाकोआदेश जारी

१४ माघ २०८१, सोमबार ०७:३५ मा प्रकाशित ( १५ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बुटवल -१४ माघ ।

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई हालसम्म तिन जिल्लाका अदालतबाट धरौटीमा रिहा गरिने आदेश भएको छ । पछिल्लो बुटवलको सुप्रिम सहकारीको बचत अपचलन गरेको मुद्दामा १ करोडको धरौटीमा उनलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले आदेश दिएको हो।

आइतबार रवीसंग थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीमाथी बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरी संगठित अपराध गरेको भन्ने कसुरमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत बुटवलमा पूरक अभियोगपत्र दर्ता भएको थियो ।

त्यस्तै सोही प्रकरणको पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपियाँ बिगो मागदाबी गरिएको छ। रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलको अनुसन्धानका आधारमा जिल्ला अदालत, रूपन्देहीमा मुद्दा दर्ता भएको थियो। सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुटो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगायतलाई आधार बनाउँदै मुद्धा दर्ता भएको थियो ।

सोही आधारमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलले अभियोग पत्रमा जिकिर गरेका थिए । रवी बाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग पनि थप १० करोड ९९ लाख रुपियाँ बिगो माग गरिएको छ। लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ।

रवि लामिछाने लगायतले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भन्ने आरोपमा गत कात्तिक २ मा केन्द्रीय कार्यालयबाटै उनी पक्राउ परेका हुन्। यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा १.कास्की अदालतले ६५ लाख,२.काठमाडौं जिल्ला अदालतले ६० लाख र आईतबार ३.रुपन्देही अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएका छन्।

सहकारी ठगी सम्बन्धी कै तेस्रो जिल्लामा दायर भएको मुद्दामा लामिछानेसँग रुपन्देही जिल्ला अदालतबाट हालसम्मकै धेरै धरौटी मागिएको हो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार दिएको आदेशमा भनिएको छ, ‘‘।।मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु। एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस