आज:  | Mon, 27, Jan, 2025

महाभारत जङ्गलमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर,हेलिकोप्टरबाट आगो निभाउने प्रयास जारी

१२ माघ २०८१, शनिबार ०९:२५ मा प्रकाशित ( २ दिन अघि) १६१३ पटक पढिएको
नारी बाटिका


धादिङ १२ माघ ।

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि सुक्रबार हेलिकोप्टरमार्फत निभाउने प्रयास जारी छ । एक पटकमा १ हजार लिटर पानी हेलिकोप्टरबाट खसालेर हिजोदेखी आगो नियन्त्रणमा लिने प्रयार गरिएपनि नियन्त्रणमा आउन सकेको छैन ।

गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकै आउन सक्ने आगोलाई नियन्त्रण गरिएको हो ।खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघिदेखी आगलागी भैईरहेको छ ।

सो आगलागीको घटना नियन्त्रण भन्दा बाहिर गएपछी जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकोप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।

यद्यपी हेलिकोप्टरको सहायताले भने बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो भने हाल थप ३ सामुदायीक वनक्षेत्रमा लागी सकेको छ । बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न चुनौती देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस