आज:  | Sun, 26, Jan, 2025

भारतको महाराष्ट्रमा ज्यान गुमाएका नेपालीको परिचय खुल्यो

१२ माघ २०८१, शनिबार ०६:५८ मा प्रकाशित ( १ दिन अघि) १६७५ पटक पढिएको
नारी बाटिका


धादिङ १२ माघ ।

केही दिन भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाबाट निधन भएका सबै नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयले जनाए अनुसार रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।

उक्त रेल दुर्घटनामा निधन हुने मध्यका कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी ४० वर्षीया लछिराम पासी छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय नन्दराम पद्य विश्वकर्मा ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ११ वर्षीय हिन्दुराम विश्वकर्मा, र ६ वर्षीया कला कामी छन् ।

यस्तै बाँकेका ३२ वर्षीय राधेश्याम राधको निधन भएको हो । दुर्घटनामा घाइते भएका चारजना नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र १ जना गम्भीर घाइते भएकाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ।

मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाइएको छ।

यसै माघ ९ गते साँझ ५ बजेतिर भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै उक्त रेल दुर्घटना भएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस