आज:  | Fri, 24, Jan, 2025

राजस्व विभागको सफ्टवेयर नै ह्याक गरी राजस्व चोरी गर्ने दुई जना पक्राउ

११ माघ २०८१, शुक्रबार १८:१२ मा प्रकाशित ( ८ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ माघ ।

आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी राजस्व रकम हेरफेर गरेर चोरी गर्ने दुई जना प्रहरीलेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनबाट पक्राउ गरेको हो ।

उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्‍याई करको दर हेरफेर गरेको सीआईबीले जनाएको छ।

करको दर हेरफेर भएपछी विभागले सीआईबीलाई २५ पुसमा पत्र लेख्दै अनुसन्धान गर्न जानकारी गरेको थियो । सीआईबीलाई जानकारीपछी अनुसन्धान गर्दा राजस्व विभागको सफ्टवेयर नै ह्याक भएको पत्ता लागेको हो ।

प्रहरीले उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद गरेको छ ।पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्ममा लेखापरीक्षण गर्ने व्यक्ति हुन् ।

उनीहरुविरुद्ध विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

उनीहरूले सिस्टम ह्याक गरेर भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।

करदाताहरूको कारोबार विवरण आफू अनकूल बढी, घटी बनाई लाभ लिने उदेश्यले भाटभटेनीको करको दायरा बढाइएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै उनीहरुले कूल पठाउनु पर्ने करमा आफू अनकूलका व्यक्तिको कम देखाउने त्यस वापतको रकम अर्को करदाताको बढाउने गरेको सीआईबीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस