आज:  | Fri, 24, Jan, 2025

काभ्रेको महाभारत वनमा भिषण आगलागी,नियन्त्रणमा सेना परिचालन

११ माघ २०८१, शुक्रबार १३:४० मा प्रकाशित ( १२ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काभ्रे ११ माघ ।

काभ्रे जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि आगलागी भएको थियो । उक्त अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

भिषण रुपमा लागेको डढेलो ४ दिनसम्म पनि नियन्त्रणमा लिन नसकिएपछी बिहीबार जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो।

निउन्त्रणमा आउनुको साटो काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडासम्म डढेलो फैलिएको छ। उक्त स्थानमा लागेको ओगोले अन्य वन क्षेत्रमासमेत गम्भिर असर गर्न सक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान प्रशासनले रोक लगाइएको छ।

सोही आगलागीका कारण हाल बेथान चोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको सुरक्षा टोलिले बताएको छ। डढेलो लागेको आसपासका क्षेत्रका समुदायलाई सुरक्षित रहन आग्रह गरेको छ ।

गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचना मार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।

आगलागी नियन्त्रण नआएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको हो । उद्यपी स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन्। ‘सोही गाउँपालिकाले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,’ भनी बतएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनु भयो।
उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ।

धुलिखेल डिभिजन वन कार्यालयको अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको हो। हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए।

जिल्ला वन अधिकृत थापाका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने गरी आगलागीमा संलग्नलाई कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

आगलागी थप फैलिरहेकोले सुरक्षा निकायसहित जिल्लास्थित सबै सरकोकारवालाहरु त्यसप्रति संवेदशील रहेको प्रजिअ ढकालले बताउनु भयो ।

आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि अन्य सरोकारवाला निकाय (गृह मन्त्रालय)सँग थप समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालको भनाई छ।

उक्त आगलागी स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा मात्रै छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीयतथा जन धनको क्षति भने भएको छैन।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस