आज:  | Fri, 24, Jan, 2025

सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रु’ आज प्रधानमन्त्री ‍ओलीले गर्ने

११ माघ २०८१, शुक्रबार ०९:४९ मा प्रकाशित ( १६ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


पाल्पा,११ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज पाल्पा जाँदै हुनुहुन्छ । उहाँ शुक्रबार बिहान ११ बजे पाल्पा पुग्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताउनु भयो ।

प्रधानमन्त्री ओली सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग‘ब्रेक थ्रु’ कार्यक्रमको लागी जान लाग्नु भएको हो । उक्त सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ।

ब्रेक थ्रु गर्न एक मिटर बाँकी राखिएको छ। रिमोटको सहायताले प्रधानमन्त्री वलीले बाँकी रहेको भाग ‘ब्लाष्ट’ गरेर ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए।

२०७८ फागुनदेखी निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।पाँच वर्षमा निर्माण कार्य सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको थियो। कम्पनीले २०७९ सालको अन्तिमबाट सुरुङ मार्गको कार्य शुरु गरेको थियो।

सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँ लागतमा निर्माण भएको हो। सुरुङको सबै काम आगामी २०८३ चैत मसान्तसम्म सम्पन्न हुनेगरी काम भैइरहेको अधिकारीले बताए।

आयोजनाका प्रमुख अधिकारीका अनुसार सुरुङमार्गका तीनवटै बाइपास सुरुङ ब्रेक थ्रु भइसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो सुरुङलाई अगाडि सारेको छ। यो मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, कास्की, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लासम्मको यातायातमा सहज हुने लक्ष राखिएको छ।

सुरुङ मार्ग ब्रेक थ्रु गर्नुअघि प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ सुवेदीले बताए।

पाल्पामा कार्यक्रम सकिएपछि उनले रूपन्देहीको बुटवलस्थित जितगढीमा बुटवल(गोरुसिंगे सडकको शिलान्यास गर्ने कार्यक्रम छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस