आज:  | Wed, 22, Jan, 2025

‘डब्लूएचओबाट बाहिरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय खेदजनक’

९ माघ २०८१, बुधबार ०६:४३ मा प्रकाशित ( ४ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ माघ ।

विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाका राष्ट्रपती ट्रमको घोषणाप्रति विश्व स्वास्थ्य स‌गठन (डब्लूएचओ)ले खेद प्रकट गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शपथ लिने क्रममा अमेरिका बाहिरिने घोषणा गरेसंगै डब्लूएचओको यो प्रतिक्रिया आएको हो ।

‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ’,डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘डब्लुएचओ विश्वका मानिसको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ।’

सन् १९४८ मा विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको पनि उनले स्मरण गराएका छन्। ‘सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् ।

अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन्’ ,सोही विज्ञप्तिमा डब्लूएचओले खुलाएको छ।

अझैपनि ‘हामी आशा गर्छौँ कि संयुक्त राज्य अमेरिकाले यस निर्णयमा पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्लूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौँ’, डब्लूएचओले भनेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस