आज:  | Wed, 22, Jan, 2025

रास्वपा रविसहित ७ जना थुनामा राख्न माग निवेदनमा कैफियत झिकाउन आदेश

८ माघ २०८१, मंगलवार १७:३७ मा प्रकाशित ( १२ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ माघ ।

उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहित ७ जनाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । मङ्गलबार न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो ।े

सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपाका सभापती रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पुर्वगृह्रमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल,सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई जिल्ला अदालत कास्कीले पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस