आज:  | Wed, 22, Jan, 2025

आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले गर्‍यो सन्दीपलाई कारबाही

८ माघ २०८१, मंगलवार १६:४५ मा प्रकाशित ( १३ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ माघ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी सन्दीप लामिछानेलाई कारबाहीको प्रकृया बढाएको छ। यसका साथै (क्यानले सन्दीपलाई प्रश्न सोध्यो( स्टाटसको मर्म के हो ?

क्रिकेटर सन्दीपले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा क्यानले उनलाई कारबाही अघि बढाएको हो। यससंगै क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका थिए।

बागमती प्रदेश कप्तानीको जिम्मेवारी गरिरहेका लामिछानेले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न नपाउने भएका छन्।

यद्यपी आफुले पोष्ट गरेको सामग्रीप्रति सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति सन्दीपले आभार व्यक्त गरेका छन्। यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए।

सन्दीपले हाल व्यक्तिगत कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन्। हाल नेपालका पछिल्लो समयमा सबैभन्दा चर्चित क्रिकेटर हुन्।

उनको उपस्थिति र प्रदर्शनले अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनलाई ग्लोबल स्टार बनाएको छ। यति हुंदाहुंदै पनि पछिल्लो समय लामिछाने विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चौतर्फी रुपमा आलोचना,चुनौती भोग्नुको साथै कतिपयबाट गालीको सामना गर्नु परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस