आज:  | Wed, 22, Jan, 2025

राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान

८ माघ २०८१, मंगलवार १९:१० मा प्रकाशित ( १५ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नु भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशनको लागी आव्हान गर्नु भएको हो ।

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ ७ मा गरिएको सिफारिसमा आव्हान गर्नु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनु भयो छ ।

सो का लागी यसै माघ १८ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको हिंउदे अधिवेशन आह्वान गर्नु भएको ेराष्ट्रपतिको कार्यालयद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस