आज:  | Tue, 21, Jan, 2025

स्वास्थ्य तथा जनसंख्या मन्त्री चढेको गाडी दुर्घटना

८ माघ २०८१, मंगलवार ०७:३१ मा प्रकाशित ( १0 घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


धनुषा ८ माघ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटना भएको छ।

दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहको स्पाइनल हड्डीमा चोट लागेको छ भने उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा उनी सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ।

पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३(००१ झ(००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२(००१ झ(०१६५ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस