आज:  | Tue, 21, Jan, 2025

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न

७ माघ २०८१, सोमबार १७:०३ मा प्रकाशित ( १ दिन अघि) १८६१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ माघ ।

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका छन् ।

सरकारले धरानका नागरिकमा भएको चरम खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै मेयर साम्पाङ रित्तो गाग्री लिएर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन्।

निकै समयदेखी धरानका जनताले भोग्नु परेको खानेपानी समस्यामा मेयर साम्पाङले प्रदेश सरकार केन्द्रीय सरकारलाई पटक पटक अनुरोध गरिरहेका भएतापनि सरकारले उनका कुरा नसुनेपछी केही नलागेर आफु रित्तो गाग्री बोकेर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न आएको बताएका छन् ।

उनी आज काठमाडौं आएका हुन्। मेयर साम्पाङ भोलि सिंहदरबार जाने बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस