आज:  | Tue, 21, Jan, 2025

४ वर्षमा सडक दुर्घटनामा परी १५ हजार भन्दा बढीले ज्यान गुमाए

७ माघ २०८१, सोमबार ०७:१२ मा प्रकाशित ( १ दिन अघि) १२७२ पटक पढिएको
नारी बाटिका


भक्तपुर   ७ माघ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सडक दुर्घटनाको कारण साढे ४ बर्षमा १५३० जना भन्दा बढीले ज्यान गुमाएको बताएका छन्।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायक भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।

“मन्त्री थापाले भन्नु भयो सूर्यविनायक मात्र नभई, जहाँ जहाँ हाइवे संग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नु पर्छ भनेर लागिरहेका छौँ। आज साढे ४ बर्षको अवधीमा १५३० जनाभन्दा बढीको सडक दुर्घटनाबाट मृत्यु भएको छ। धेरै जसो मृत्यु समयमा अस्पताल पुर्याउन नसकेर भएको छ।“

त्यस्तै मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउनका लागि मापदण्ड तय गर्दै पोलिक्लिनिक तथा मेडिकलको अनुगमन गरिरहेको पनि जानकारी दिनु भयो। मन्त्री थापमाका अनुसार यसपटक जम्मा ८०० कोटा मात्रै भएको नर्सिङ्गमा ६४०० जनाले नर्सिङ्ग पढ्न फर्म भरेको बताउनु हुदै, नेपालमै नर्सिङ्ग पढ्ने उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

त्यसैगरी १०० बेडमा संचालन भएका अस्पतालहरुमा नर्सिङ्ग पढाउने व्यवस्था ऐनमा पारित भएकोे बताएका छन् ।, उनले ३०० बेडमा संचालन भएका अस्पतालहरुले एमबिबिएस पढाउने व्यवस्था ऐनमा पारित भएको र आगामी वर्षदेखि पढाई संचालन हुने जानकारी दिएका छन् ।

भक्तपुरलाई देशकै सबैभन्दा सानो र धेरै जनघनत्व भएको जिल्ला बताउँदै, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सकेमा काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा र सिन्धुलीका बिरामीलाई पनि सेवा दिन सकिने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस