आज:  | Thu, 30, Jan, 2025

भ्रामक विज्ञापन गरेको आरोपमा योग गुरु रामदेव विरुद्ध पक्राउ पुर्जी जारी

६ माघ २०८१, आईतवार १७:१८ मा प्रकाशित ( १ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ माघ ।

औषधिबारे भ्रामक विज्ञापन गरेको आरोपमा योग गुरु रामदेव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भारतको एक अदालतले चर्चित योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको  हो । अदालतले रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको भारतीय संन्चार माध्यमले जनाएका छन् ।

चर्चित योग गुरु रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

उनी लगायत उनका सहयोगीविरुद्ध भारतको पालक्कड जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस