आज:  | Wed, 05, Feb, 2025

खोखो विश्वकपको फाइनल आज नेपाललाई च्याम्पियन बन्ने अवसर

६ माघ २०८१, आईतवार ०७:४१ मा प्रकाशित ( २ हफ्ता अघि) २०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ माघ ।

नेपालले पहिलो पटक आज खोखो विश्वकपको फाइनल खेल खेल्ने अवसर पाएकाृ छ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास रसफल भएका छन्।

भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सजिलै हराएको थियो। पछिल्लो पटकको यो नेपालले प्राप्त गरेको नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास रचेको छ। आजसम्म नेपालले कुनै पनि खेलमा विश्वकपको उपाधिको स्थान बनाएको थिएन।

यस पटक भने महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर उपाधिको लागी स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गरेको थियो। नेपालको महिला टिमले युगान्डाविरुद्ध पहिलो डिफेन्स गर्ने निर्णय गरेको थियो ।

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह सी विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएको थियो।

तीन ड्रिम अङ्कसहित नेपालले इरानलाई पहिलो ‘टर्न’ मा १२–३ मा नै रोकेको हो । दोस्रो ‘टर्न’ मा अट्याकको पालोमा नेपालले ३६ अङ्क जोडेको थियो । दोस्रो ‘टर्न’ सकिँदा ३९–१२ स्कोरसहित नेपाल जितको नजिक पुगेको थियो । तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अंङ्क थपेको हो । त्यसपछि चौथो ‘टर्न’ मा नेपालले युगान्डाविरुद्ध थप ५० अङ्क थपेको थियो।

सो खेलमा वजिरको भूमिकामा रहेकी नेपाली खेलाडी पूजा ओड सर्वश्रेष्ठ खेलाडी घोषित भएन्। यसै गरी नेपालकै दीपा विके उत्कृष्ट डिफेन्डर चुनिइन्। पुरुषतर्फ पहिलो सेमिफाइनलमा यस प्रतियोगितामा अपराजित इरानलाई सजिलै हराएर सबैलाई आश्चर्यमा पेरेका हुन्।

उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित नेपालले त्यसपछि पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो। उक्त खेलमा नेपालका खेलाडी जनक चन्द सर्वश्रेष्ठ खेलाडी र सुरज पुजारा उत्कृष्ट डिफेन्डर भए।

उपाधिका लागि आज दुवै टोलीले भारतसँग फाइनल खेल्ने छ। महिला फाइनल खेल राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजे भारतमा हुदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस