आज:  | Wed, 05, Feb, 2025

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण, दुई पक्राउ

६ माघ २०८१, आईतवार ०७:११ मा प्रकाशित ( २ हफ्ता अघि) २८५३ पटक पढिएको
नारी बाटिका


झापा ६ माघ ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ। शनिबार दिउँसो नेपाली कांग्रेसका कोशी प्रदेश सभापति थापामाथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउन भयो ।

प्र.जि.अ.अधिकारीका अनुसार हिजो दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीय स्थलमा सम्पन्न नेपाल प्रेस  युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंने क्रममा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको हो।

पूर्व मुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा.१.झ ६५३ नंको गाडीलाई बाटो छेकी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताएका छन् ।

उहाँले आफूहरु निवास जाँदै गरेको र सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले उनी चढेको सवारीसाधनलाई रोकेर हातपात गरेका थिए। आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ ।

उहाँको विर्तासिटी हस्पिटलमा उपचारपछि निवास फर्किएका छन् । प्रहरीले आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस