आज:  | Wed, 05, Feb, 2025

प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई महिला पक्राउ

५ माघ २०८१, शनिबार १९:२२ मा प्रकाशित ( २ हफ्ता अघि) २२९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ माघ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका -१९ का हाल काठमाडौं महानगरपालिका(२६ बस्ने ५५ वर्षीया चन्द्रकला दाखु राई र महोत्तरी सोनाम गाउँपालिका(२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका(५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन्।

पक्राउ पर्ने मध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ लिएकी थिईन् । यस्तै सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चन्द्रकलालाई बिहीबार काठमाडौंको बौद्धबाट र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका(५ बाट शुक्रबार पक्राउ गरेको थियो। चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस