आज:  | Thu, 30, Jan, 2025

सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

५ माघ २०८१, शनिबार १५:३५ मा प्रकाशित ( १ हफ्ता अघि) ४३७२ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली प्रहारबाट हत्या गरिएको छ ।

तेहरानमा तीन जना न्यायाधीशलाई लक्षित गरी सशस्त्र आक्रमण भएकोमा दुई सर्वोच्च अदालतका न्यायाधीशको हत्या भएको हो । आक्रमणबाट मारिएकाहरु मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै घाईते न्यायाधीशको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडि कारणको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस