आज:  | Wed, 05, Feb, 2025

तिन स्थानमा भएको सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु

४ माघ २०८१, शुक्रबार १५:०३ मा प्रकाशित ( २ हफ्ता अघि) २२९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ माघ ।

सिन्धुलीमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको हाइस दुर्घटना हुंदा तिन जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका(६ कानढुङ्ग्रेस्थित सडकमा बा.३ ख ८४४५ नम्बरको हाइस बिहीबार साँझ भएको दुर्घटनाबाट हाइसमा सवार धनुषा जनकपुर उपमहानगरपालिका(१० बस्ने ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही दुर्घटनामा चालक समेत १० जना घाइते भएकामध्ये ४ जनाको सुनकोशी अस्पताल खुर्कोटमा, २ जनाको धुलिखेल अस्पतालमा, २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गम्भिर घाइतेमध्यका २ जनालाई थप उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर रिफर गरिएको छ । साथै पर्वत, जलजला गाउँपालिका(२ स्थित सडकमा वारीवेनीबाट मल्लाजतर्फ जाँदै गरेको ग.५ प ४५५६ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका(२ मल्लाज बस्ने २५ वर्षीय मनिस परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसै गरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका(७ स्थित सडकमा ज.८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा.१३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिथिला नगरपालिका(२ राघोपुर बस्ने २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ३ वटै स्थानको छुट्टा छुट्टै दुर्घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस