आज:  | Wed, 15, Jan, 2025

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

२ माघ २०८१, बुधबार १९:१९ मा प्रकाशित ( २ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ माघ ।

काठमाडौंको कालिमाटीमा संन्चालित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन्।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए। उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनु पर्ने जिकिर गरेका थिए। दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो।

सोही सहकारी संस्थाका बचतकर्ता, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए। यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

विभिन्न जिल्लमा संन्चालित सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भन्ने आरोपमा लामिछाने गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस