आज:  | Wed, 15, Jan, 2025

रवि लामिछानेको काठमाडौं अदालतमा थुनछेक बहस जारी

२ माघ २०८१, बुधबार १४:११ मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ माग ।

रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी एवं् पुर्व गृह्रमन्त्री लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवाला(बचत कर्ता)को तर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा छन्। उनको आज बिहान अदालत पुगे पछि थुनछेक बहस सुरू भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस चलिरहेको छ । बहस नसकिएको भन्दै आइतवारदेखी उनलाइ पहरीको हिरासतमा राख्न आदेश दिएका थिए।

हिजो (मंगलबार) सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ आज मात्रै अदालतमा उपस्थित गराइएको हो ।

सम्भवतः आजै थुनछेक बहस सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा राख्ने वा बाहिरै राखेर उनलाई कानुनी रुपमा जान दिने भन्नेमा आदेश आउन सक्ने सम्भावना रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस