आज:  | Tue, 14, Jan, 2025

राष्ट्रपति पौडेलबाट ५ मध्ये ४ वटा अध्यादेश जारी १ रोकियो

२९ पुष २०८१, सोमबार १९:१७ मा प्रकाशित ( २२ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २९ पुस ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ५ अध्यादेशमध्ये ४ वटा अध्यादेश मात्रै जारी गरेका छन् । आज सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएका ५ अध्यादेशमध्य ४ वटा अध्यादेश जारी गरी १ अध्यादेश भने रोक्नु भएको हो ।

राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्‍बाट सिफारिस भई आएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गर्नु भएको छ। एकैपटक ४ अध्यादेश जारी गर्दै उहाँले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, मा हस्ताक्षर गर्नु भएको छ ।

यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस