आज:  | Sun, 12, Jan, 2025

रास्वपाका सभापति रवि लामिछानलाईे फेरि प्रहरी हिरासतमै लगियो

२८ पुष २०८१, आईतवार १९:११ मा प्रकाशित ( ५ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी )रास्वपा)का सभापति रवि लामिछानेलाई फेरी प्रहरी हिरासतमै लगिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई आज पुन ःप्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।

काठमाडौ जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको आज बयान भएको थियो। तर थुनछेक बहस आज हुन नसकेपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो। भोली सोमबार ११ बजेबाट प्रहरीले रविलाई पुन ःअदालतमा उपस्थित गराउनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने अदालतले बताइएको छ।

आज जिल्ला अदालत काठमाडौंमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ। लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि कास्की अदालतकै जसरी बहस प्रारम्भ हुनेछ।

सूर्यदर्शन सहकारी ठगी सम्वन्धिको मुद्धाबाट बिहीबार मात्रै उनले कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटीमा रिहा गरेको थियो। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएपछी शुक्रबार मात्रै सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस