आज:  | Sun, 12, Jan, 2025

धादिङ उद्योग बाणिज्य संघको भागवण्डाबाट सर्वसहमतमा नेतृत्व चयन

२७ पुष २०८१, शनिबार ०८:२० मा प्रकाशित ( १ दिन अघि) १८९२ पटक पढिएको
नारी बाटिका


धादिङ २७ पुस ।

सुक्रबारदेखी सुरु भएको धादिङे उद्योग बाणिज्य संघको ३१ औं साधारसभा तथा ११ औं अधिवेशनबाट नेतृत्वमा सर्वसहमत चयन भएका छन् । केही दिनदेखी नै उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा सर्वसहमत रुपमा चयन गर्ने कसरत भएता पनि व्यवशायी सुदर्शन रिजालले बरिष्ठ उपाध्यक्ष पदका लागी दावीका साथ उम्मेवार दिएपछी किचलो सुरु भएको हो ।

संघका अध्यक्ष विष्णु थपलियाको अध्यक्षता तथा कृर्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता सुक्रबारदेखी सुरु भएको साधारणसभा तथा ११ औं अधिवेशनमा दलका आ -आफ्ना नेताहरुले रोहित भण्डारी र रिजाललाई समर्थन गरिएकाले दईपक्षबिचमा कडा पतिस्पर्दा हुने अबस्था देखिएको थियो ।

यद्यपी उनै नेताहरुको प्रतिनिधिहरुले एक-आपसमा छलफल गरी भागवण्डाबाट विभिन्न पदहरु टुंग्याएसंगै रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिई सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको हो ।

नेपाल उद्योग बाणिज्य संघको विधानको व्यवस्था अनुसार हालको बरिष्ठ उपाध्यक्ष नै आर्को पटक स्वतः अध्यक्ष हुन पाउने भएकोले पनि उक्त पदमा अहिले देखिनै कडा पतिस्पर्दा रहन्छ । जस अनुसार गत बरिष्ठ उपाध्यक्षमा रहेका रामकुमार डल्लाकोटी पछिल्लो स्वतः अध्यक्षमा चयन भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी निर्वीरोध निर्वाचित भएका हुन् ।  

त्यसैगरी नेकपा एमाले,नेपाली काँग्रेस ,नेकपा माओवादी लगायतका दल निकट व्यवशायीहरुको भागवण्डाबाट एसोसियट सदस्यमा बलराम खत्रि, तिलक सिंम्खडा, बस्तुगत सदस्यमा रामचन्द्र गिरी,बिष्णुमणी श्रेष्ठ, उद्योग सदस्यमा गोविन्द भण्डारी, राजकुमार श्रेष्ठ, बाणिज्य सदस्यमा रामजी अधिकारी, सुदिप रसाईली, महिला सदस्यमा ज्ञानु थपलिया,रेखा पण्डित अधिकारी, शुशिला मगर निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा किशोर कोईराला,किरण पाठक,रमेश ढकाल,नविन कुमार श्रेष्ठ,तुलसीजंग थापा,भगवान भट्ट,तुलसी प्रसाद अधिकारी,ईश्वरी प्रसाद धिताल र होमनाथ थपलिया निर्वीरोध निर्वाचित भएका छन् ।

यस्तै संघको उत्तरी क्षेत्रिय समितिको अध्यक्षमा संञ्जु श्रेष्ठ निर्वीरोध निर्वाचित भएकी छन् । उत्तरी क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको प्रतिनिधिको लागी सरोज बढाथोकी, उत्तरी क्षेत्रिय समितिको सदस्यहरुमा भने कसैको पनि उम्मेद्वारी नै नपरेको बताईएको छ ।

त्यसैगरी मध्य क्षेत्रिय समितिको अध्यक्षमा नानिराम श्रेष्ठ, मध्य क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा तिलक प्रसाद ढुङ्गाना, मध्य क्षेत्रिय समितिका सदस्यहरुमा सन्तोष अधिकारी,किरण कुमार श्रेष्ठ,दान बहादुर श्रेष्ठ,रमेश कुमार श्रेष्ठ, केशवराज शर्मा, जयराम कोईराला निर्वीरोध निर्वाचित भएका छन् ।

साथै संघको दक्षिणी क्षेत्रिय समितिको अध्यक्षमा उमेश रुवाली, दक्षिणी क्षेत्रिय समितिबाट जिल्ला कार्य समितिको लागी प्रतिनिधिमा रमेश बिश्वकर्मा, दक्षिणी क्षेत्रिय समितिको सदस्यहरुमा जगत प्रसाद रेग्मी, झलक बहादुर बरुवाल,बिष्णुलाल श्रेष्ठ निर्वीरोध निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस