आज:  | Fri, 10, Jan, 2025

गाउँका अस्पतालमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट प्रदेश अस्पताल

२६ पुष २०८१, शुक्रबार १९:२८ मा प्रकाशित ( ४ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


कालिकोट २६ पुस ।

कालिकोट जिल्लाको महावै गाउँपालिकाकी एक गर्भवती महिलाको गाउँको अस्पतालमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ। महावै गाउँपालिक ४ की २३ वर्षीया लालशोभा सिंह थापालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो।

लालशोभालाई सुत्केरी व्यथा लागेपछि बिहीवार राति महावै आधारभूत अस्पतालमा भर्ना गरिएपनि त्यस अस्पतालमा सुत्केरी गराउन नसकेपछि थप उपचारका लागि सुक्रबार दिउँसो हेलिकप्टरबाट प्रदेशिक अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

यसरी लामो समय र जटिल रुपमा सुत्केरी बेथा लागेपछी पालिकामा संन्चालन भएको परियोजनाबाट सहयोग गर्न सकिने व्यवस्था रहेको छ । जस अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त हुने राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रम मार्फत थापाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

साथै नेपालको अति दुर्गम मानिने कालिकोट जिल्लाका धेरै “गाउँपालिकामा यातायातको सहज पहुँच नभएकाले हेलिकप्टरबाट मातृशिशु उद्धार कार्यक्रमले सुत्केरी बेथाको पिडामा रहेका दुर्गम भेगका महिलाको स्वास्थ्य उपचारमा सेवा दिनुले पािलकाको उचित कार्य मान्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस