आज:  | Thu, 09, Jan, 2025

काठमाडौं विश्वविद्यालयमा पत्रकारितामा स्नातक तह संन्चालन

२५ पुष २०८१, बिहीबार १९:१० मा प्रकाशित ( १0 घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ पुस ।

विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गर्ने भएको छ। यही माघदेखि संन्चालन गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिएकी छन् । ‘चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणाली अन्तर्गत आठ सेमेस्टरसम्म पढाई हुनेछ ।

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउने भएकाछन्,। भाषा तथा आमसञ्चार विभाग स्कुल अफ आर्ट्सका विभागाध्यक्ष डा निर्मलमणि अधिकारीका अनुसार अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधा तथा बहुविधात्मक सांस्कृतिक अध्ययन गराउन लागिएको हो ।

प्राध्यापक डा अभि सुवेदीले यस कार्यक्रमले स्नातकलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर(सरकारी सङ्गठन, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सघाउने विश्वास व्यक्त गर्नु भयो । साथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीति पनि पाठ्यक्रममा समेटिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस