आज:  | Thu, 09, Jan, 2025

तराईमा हुस्सु,कुहिरो,हिमाली क्षेत्रमा हिमपातको सम्भावना,सतर्कता अपनाउन अनुरोध

२५ पुष २०८१, बिहीबार ०७:२२ मा प्रकाशित ( १२ घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ पुस ।

पछिल्लो समयमा देशको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जस अनुसार कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ भने अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

मौसम विभागले जनाए अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।

त्यस्तै आज (शिहिबार)राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने जनाएको छ। आज बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।

चिसो बढीरहेकोले विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकोले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस