आज:  | Wed, 08, Jan, 2025

माओवादीको जारी केन्द्रीय बैठकमा नियमित कि विशेष महाधिवेशन ?भन्नेमा दुई धार

२३ पुष २०८१, मंगलवार १६:५२ मा प्रकाशित ( १ दिन अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ पुस ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा नियमित वा विशेष महाधिवेशन प्रकृयामा जाने भन्ने विषयमा नेताहरु दुई धारमा विभाजित भएका छन्।

वर्षमान पुन र उपमहासचिवहरू जनार्दन शर्मा सहितका नेताहरूले विशेष महाधिवेशन माग गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका नेताहरूले नियमित अधिवेशनको प्रकृयामा जाने धारणा राखेका छन्।

यस विषयमा उपमहासचिव जनार्दन शर्मा निकट नेताहरूले विशेष महाधिवेशनको माग जोडसँग उठाएका छन् भने उनीहरूले यही बैठकले विशेष महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

तर अर्का उपमहासचिव वर्षमान पुनले भने विशेष महाधिवेशनमै जानुपर्ने विषयलाई जोड दिएका छन्। त्यसैगरी पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्ती, पूर्वमन्त्री नेता सुदन किराँती लगायतका धेरै नेताहरूले भने विशेष महाधिवेशनमा जानु पर्ने बताएका छन्।

यता पार्टी अध्यक्ष प्रचण्डनिकट पदाधिकारी तथा नेताहरूले पार्टी निर्माण अभियानमा केन्द्रित हुनुपर्ने र नियमित महाधिवेशन नै कुर्नुपर्ने बताएका छन्। उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिव लीलामणि पोखरेललगायतले अहिले अभियानमा केन्द्रित भएर नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका हुन्।

त्यस्तै बाँकी अन्य नेताहरुपनि दुई धारमा विभाजित भएर आ आफ्ना धारणा राखिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस