आज:  | Wed, 08, Jan, 2025

गृहले ७ जना सीडीओसहित १२ जना सहसचिवको सरुवा

२३ पुष २०८१, मंगलवार १०:१८ मा प्रकाशित ( १ दिन अघि) १८३० पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ पुस ।

गृह मन्त्रालयले ७ जिल्लाका सीडीओसहित १२ जना सहसचिवको सरुवा गरेको छ । शोमबार मन्त्रालयले काठमाडौं लगायत विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।

जसअनुसार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा लगिएको छ। काठमाडौंका प्रजिअ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी गृहले जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा नै सरुवा गरिएको छ।

गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीमा,गृह कै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ।

त्यसैगरी मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई र झापाका प्रजिअ बन्धुप्रसाद बास्तोलालाई पनि मन्त्रालय मै सरुवा गरिएको छ। त्यस्तै मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रजिअ गोपालकुमार अधिकारीलाई झापाको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ।

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा र जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस