आज:  | Wed, 08, Jan, 2025

उपचार नपाएर शिशुसहित सुत्केरीको मृत्यु

२३ पुष २०८१, मंगलवार ०८:०१ मा प्रकाशित ( १ दिन अघि) १६७५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ पुस ।

उपचार नपाउँदा बझाङमा सुत्केरी आमासहित शिशुको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र उनको नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेर पिडादायीक अबस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्‍याउनु पर्ने भएपनि आर्थिक अभाव कै कारण उपचार हुन नसक्दा मार्तशिशु दुबैजना मृत्यु वरण गर्नुपर्ने अवस्था आयो ।

सविताको गर्भावस्थामा नै समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा उनको बाटोमै बच्चा जन्मिएको थियो र बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस