आज:  | Tue, 07, Jan, 2025

सूर्यदर्शन सहकारी प्रकरणको वकिलले रवि लामिछानेका पक्षबाट आजदेखी बहस सुरु

२२ पुष २०८१, सोमबार १८:५६ मा प्रकाशित ( १ दिन अघि) १२५ पटक पढिएको
नारी बाटिका


पोखरा २२ पुस ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना प्रकरणको मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातजना प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलवारदेखि जारी छ।

शुक्रवारदेखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सुरू भएकोमा आज रास्वपा सभापति लामिछाने पक्षतर्फका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनु भयो। रवीका तर्फबाट आज अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेका बहस गरेका छन्।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता पन्तसहित रमण श्रेष्ठ र रास्वपा नेतृ अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।

सहकारी पिडित भनिएका जाहेरवाला पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका वकिलको बहस चलिरहेको हो। प्रतिवादीको बयान सकिएपछी जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको थियो।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ। थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस