आज:  | Tue, 07, Jan, 2025

लिङदेन नेतृत्व असफल भएको पूर्वराजा र शीर्ष नेताको निष्कर्ष

२१ पुष २०८१, आईतवार २०:२९ मा प्रकाशित ( १ दिन अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउन थालिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेको आरोप लगाउँदै अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन थालिएको हो।

पार्टीको नेतृत्वमा लिङदेन आएपछि झन् क्षति पुगेको निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन्। राप्रपाको आगामी माघ ११(र १२ गते हुन गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्।

हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको बताउँदै आएका छन्। सोही सवालमा पार्टीभित्र नयाँ बहस हुन थालेको छ। स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनाई थियो।

तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाउँदै मत घटेको र बढेको विषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस चलेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको तथ्यांकले नै देखाएको छ, ।

आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ। तर, लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परेपछि राप्रपामा भाँडभैलो मच्चिएको हो।

आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको उल्लेख गरेका छन् । २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिबेदनमा उल्लेख गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस