आज:  | Tue, 07, Jan, 2025

वडाध्यक्ष नै ड्युटीका प्रहरीमाथि आक्रमणमा अग्रसर, हवल्दार गम्भीर घाइते

२१ पुष २०८१, आईतवार १६:०६ मा प्रकाशित ( १ दिन अघि) २२३३ पटक पढिएको
नारी बाटिका


सर्लाही २१ पुस ।

सर्लाहीमा डियुटिमा खटिएका प्रहरी टोलीमाथि आक्रमण भएको छ। रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा शनिवार राति सवारी साधन चेकजाँच गर्ने क्रममा स्थानीयले ड्युटिमा खटिएका प्रहरीमाथि आक्रमण गरेपछी हवल्दार गम्भीर घाइते भएका छन्।

चेकजाँचका क्रममा स्थानीयसँग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायरसमेत गरेको छ । शनिबार राति अन्दाजी ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा चेकिङ भइरहेको बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको टोलिले प्रहरीमाथि आक्रमण गरेको थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार स्थानीयको आक्रमणबाट ट्रफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते भएका छन। उनको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तर वडाध्यक्ष यादवले भने स्थानीय र प्रहरीबिच झपड हुन थालेपछी आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि आफु छुट्याउन मात्र त्यस ठाउँमा पुगेकोको उनको भनाइ छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस